काठमाडौं – पुँजी बजारमा लगानीकर्ताको संख्या, सूचिकृत कम्पनीहरू र प्रविधिमा केही सुधारहरू भएका छन्। पुँजी बजारमा शेयर बजार कम्पोनेन्ट हो। यँका शेयर बजारलाई मात्रै पुँजी बजार भन्ने ठानियो र धेरै लामो समयसम्म हाम्रो नीति निर्माता र सरकारको पक्षबाट पनि थोरै उत्पादक हो कि अनुत्पादन हो भन्ने किसिमले यो बहसलाई मोडिएको छ । पुँजी बजारलाई बचतको लगानीमा रूपान्तरण गरेर पुँजी गठन गरी उत्पादकत्वमा जोडेर देशको समृद्धिमा कसरी जोड्ने औजारहरूको विकास गर्नुपर्छ।
नियमकीय फ्रेमवर्कहरू दिनुपर्ने, नीति नियमहरू बनाउनु पर्ने जस्ता विषयहरूमा जोड दिइएन। इन्डेक्स तलमाथि र सूचिकृत कम्पनीहरूको संख्या लगानी गर्दा यो बढ्ने अनि यो घट्ने यही कुराहरूमा अहिले शेयर बजार रुमलिरहेको छ। पुँजी बजारमा यस्तो मेकानिजम बनाएर अहिले जुन बचत छ, अथवा बैंकिङ्ग प्रणालीबाट पैसा जान सकेको छैन। बैंकहरू, व्यवसायहरूमा आत्मविश्वास बढेको छैन। बजारलाई पुँजी बजारका यन्त्रहरू बनाएर त्यसलाई च्यानलाइज गरेर आर्थिक विकासतर्फ लैजानु पर्ने थियो। त्यो कुरामा अन्तर देखिएको छ।

उद्योगी व्यवसायीहरूले पनि त्यो किसिमको उत्पादनको माग गरेका छैनन्। पुँजी जुटाउने एउटा माध्यम भनेको आईपीओ बेचेपछि त्यहाँबाट पैसा लिएर आउने भन्ने छ, जुन कुरा वास्तवमा आईपीओको क्यापिटल लिने भनेको त्यो महँगो र जोखिमपूर्ण उत्पादन हो। त्यसमा बढी जोड दिइयो, तर अरू यन्त्रहरू जस्तै, कम्पनीको अवस्था, प्रोजेक्टरको अवस्था, त्यसको स्थान, जोखिमको स्तर त्यो अनुसार अरू उत्पादनमा जानु पर्ने थियो।

त्यो कुरामा जोड दिइएन। यसमा व्यवसायीबाट माग भएन र उनीहरूबाट माग हुनका लागि नीतिगत रूपमा कानुनी ढाँचा समेत बचेन, जसले गर्दा पुँजी बजारले जसरी काम गर्नुपर्थ्यो त्यसरी काम गर्न सकेन। पुँजी बजारमा लगानीकर्ताको दायरा बढेको छ, तर गुणस्तरीय लगानीकर्ता भने छैन। स्टक मार्केटमा तरलता भनेको मानिसको सास जस्तै हो, जब पुँजी बजारमा तरलता हुँदैन तब लगानीकर्ताले चासो देखाउँदैनन्।
शेयर बजारमा तरलता बढाउन नसक्नुको मुख्य कारण हामीसँग राम्रो प्रणालीहरू छैनन्। अहिले बल्ल हामीले त्यो कुरालाई महसुस गरेर मार्जिन ल्यान्डिङ, डे ट्रेड र सेक्युरिटी ल्यान्डिङ एण्ड बरोइङ ल्याउन लागेका छौँ। हामीसँग संस्थागत लगानीकर्ताहरू छन्, तर संस्थागत लगानीकर्ताहरूको क्षमता नै छैन। उनीहरू यो समयमा एउटा अवधि छ ‘फुडिसियरी रेस्पन्सिबिलिटी’ भन्छ त्यसलाई, त्यो भनेको पैसा जिम्मा लिएपछि त्यसको धनी अथवा युनिट होल्डरको हितमा धेरै काम गर्नुपर्छ।
उनीहरूले डिपोजिट भन्दा बाहेक अन्य ठाँउमा पैसा नराख्ने भए, जबकि यस्तो लंग टर्म फण्ड चलाउने सीआइटी, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरूले नयाँ औजारहरू पनि माग्नुपर्थ्यो। र त्यो औजारमा लगानी गरेर इमानदारितापूर्वक उनीहरूले निक्षेपलाई जम्मा गर्ने अथवा त्यसलाई बचाउने भन्दा पनि त्यसबाट कसरी लाभ लिन सकिन्छ भनेर सोच्नुपर्थ्यो। उनीहरूको त्यो माग पनि गर्नु भएन, र हामीसँग नियमकीय प्रबन्ध पनि भएन। तरलता बजारमा ल्याउने भन्दा बाहेकको नियमकीय प्रबन्ध भएन। यस्ता कुरालाई सुधार्नका लागि प्रडक्ट र कानुनी संरचना, गुणस्तरीय लगानीकर्ता र संस्थागत लगानीकर्तालाई बढाउनुपर्छ।
(नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका सभापति प्रिय राज रेग्मीले नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को पहिलो सत्र ‘उत्पादन, नीति तथा नियमनः नेपालको पुँजी बजारको भविष्य’ मा राखेको मन्तव्यको सम्पादित अंश)






About Us
प्रतिक्रिया