काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आजदेखि १६ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीको नाममा रहेको १६ लाख ४० हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको छ। इच्छुक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ।






About Us
प्रतिक्रिया