क्यापिटल मार्केट डिस्कोर्श

‘नासा ट्रेडिङ स्कुलमार्फत लगानीकर्तालाई शेयर शिक्षा दिइरहेका छौँ’

'नेपालको लगानीकर्ता शिक्षा तथा सचेतनाको दृष्टिकोण उल्टो छ'


काठमाडौं – धितोपत्र बोर्डले नाफाको केही प्रतिशतबाट लगानीकर्ता शिक्षामा खर्च गर्नुपर्ने भनेर बजेट छुट्याइदिएको छ। तर, त्यस बजेटमा नासाले आफ्नै पुँजी समेत थप गरी लगानीकर्ता शिक्षासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।

नासा सेक्युरिटिजले लगानीकर्तालाई शिक्षा दिनका लागि ‘नासा ट्रेडिङ स्कुल’ स्थापना गरेको छ। त्यहाँ लगानीकर्ताहरुलाई क्यापिटल मार्केटमा प्रवेश गर्न के गर्नुपर्छ भन्ने विषय सिकाइन्छ। साथै, मार्केटमा प्रवेश गरिसकेपछि कस्ता विषयमा सुझाव र तथ्य पछ्याउने भन्ने पनि सिकाइन्छ। यसबाहेक आफ्नो लगानी सुरक्षित गर्ने तरिका पनि सिकाइन्छ। लगानीकर्ताले सजिलै पैसा कमाउने प्रलोभनको पछाडी लाग्न हुँदैन। त्यसैले लगानीकर्ता ‘इन्र्फम्ड’ हुनुपर्दछ।

त्यसक्रममा नासाले मनी म्यानेजमेन्ट कसरी गर्ने, इन्भेस्टमेन्ट एण्ड ‘बजेटिङ’ र ‘एडभान्स एनालाइसिस’, टेक्निकल एनालाइसिस र फन्डामेन्टल एनालाइसिस लगायतका विषयमा अध्ययन गर्नका लागि भिडियोहरु तयार गरेको छ। नासा वेबसाइटमा लगानीकर्ताले लगानीकर्ता शिक्षासँग सम्बन्धित निःशुल्क भिडियो कन्टेन्टहरु हेर्न, पढ्न सक्छन्।

यो कक्षाहरु अनलाइन प्लेटफर्म मार्फत सञ्चालन गर्ने गरिएको छ। जसले गर्दा देश भित्रका लगानीकर्ताहरु मात्र नभई विदेशमा भएका लगानीकर्ताहरु भिडियो कन्टेन्टहरु हेर्न, पढ्न सक्छन्। साथै, नासाको उक्त प्लेटफर्मबाट हल्लाको पछाडी लाग्यो भने के हुन्छ र इन्फर्म इन्भेस्टर भएको अवस्थामा के हुन्छ भन्ने विषयमा पनि लगानीकर्ताहरुलाई सिकाइन्छ।

धितोपत्र बोर्डले नाफाको केही प्रतिशतबाट लगानीकर्ता शिक्षामा खर्च गर्नुपर्ने भनेर बजेट छुट्याइदिएको छ। तर, त्यस बजेटमा नासाले आफ्नै पुँजी समेत थप गरी लगानीकर्ता शिक्षासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। सबै ब्रोकर कम्पनीहरु लगानीकर्ताको सम्पर्क बिन्दु हुन्। लगानीकर्ता शिक्षासम्बन्धी सामग्रीहरु ब्रोकरबाट दिदाँ धेरै लगानीकर्ता शिक्षित र सुसूचित हुन्छन्।

नेपालको लगानीकर्ता शिक्षा तथा सचेतनाको दृष्टिकोण उल्टो छ। स्कुल कलेजका पाठ्यक्रममा लगानीकर्ता शिक्षासम्बन्धि विषय समावेश गरी पठाउनु पर्छ। स्कुल कलेजका पाठ्यक्रम क्यापिटल मार्केटसम्बन्धी विषय समावेश नगर्दा सम्म यो अप्सनल बन्छ। नासाले लगानीकर्तालाई पुँजी बजारबारे पढ्नको लागि आफ्नो प्लेटफर्ममा भिडियो सामग्रीहरु राखिदिएको छ। तर, लगानीकर्ताहरुका लागि ती भिडियो सामग्रीहरु पढ्नु विकल्पको रुपमा रहेको छ।

त्यसैले गर्दा सर्वसाधारणहरुले उक्त भिडियो सामग्रीहरु पढ्न पनि सक्छन् न पढ्न पनि सक्छन्। पुँजी बजारसम्बन्धी विषयमा पढ्न पढ्नलाई समय लाग्छ। साथै, नासाका भिडियोहरु पनि लामा छन्। सर्वसाधरणसँग अहिले समयको अभाव छ। त्यसैले लगानीकर्ताहरु टिकटक फेसबुकको छोटा भिडियो र हाल्लाको पछाडी लाग्ने गर्छन्। राम्रोसँग जानकारी नै नलिइ निर्णय लिने गर्र्छन्।

लगानीकर्तालाई लगानी गर्नु अघि पुँजी बजारको आधारभूत ज्ञान दिनु हाम्रो दायित्व हो। लगानीकर्ताहरुले समेत तीव्र निर्णय गर्ने सजिलै पैसा कमाउन पछाडी लाग्नु हुन्। तीव्र निर्णय लिएर सजिलै पैसा कमाउन दैडिदाँ के हुन्छ भन्न सकिन्। साथै, लगानीकर्ता शिक्षासँग सम्बन्धित सामग्रीहरु पढ्ने मान्छेको कमी छ।

(नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार – सचेतना र साक्षरताको भूमिका’ मा नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्यालले राखेको विचारमा आधारित)