काठमाडौं – नेसनल क्यापिटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्पण खनालले पुँजी बजारमा सही मूल्य पहिचानको व्यवस्था नहुँदासम्म मर्चेन्ट बैंकले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने बताएका छन्।
बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को पहिलो सत्र ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशन स् द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ मा बोल्दै खनालले कम्पनीको वास्तविक क्षमता र बजार मूल्यबीच उचित सम्बन्ध स्थापित हुनुपर्ने बताए।
उनले वार्षिक करिब ३५ अर्ब रुपैयाँ कारोबार गर्ने भाटभटेनीका थुप्रै आउटलेट रहेको उदाहरण दिँदै कम्पनीको वास्तविक मूल्यांकनलाई बजारले नै निर्धारण गर्नुपर्ने बताए। निश्चित मूल्यमा शेयर बिक्री गर्न आग्रह गर्दा कम्पनीले स्वीकार नगर्न सक्ने भन्दै उनले बजारको माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुनुपर्ने धारणा राखे।
खनालले लगानीकर्तालाई नोक्सान पुर्याउने कम्पनीसमेत बजारमा रहेको उल्लेख गर्दै नियमनमा रहेका कमजोरी र ‘लुपहोल’ अन्त्य गर्नुपर्ने बताए। ‘मर्चेन्ट बैंकले प्रस्ताव गर्ने हो, बजारले त्यसको मूल्य दिने हो। बजारले दिएको मूल्य नै निर्धारण हुनुपर्छ,’ उनले भने। नियामकीय कमजोरी रहिरहेसम्म त्यसको दुरुपयोग हुने सम्भावना रहने भन्दै खनालले बजारका विद्यमान समस्या सम्बोधन गर्न नियामकले प्रभावकारी सुधार गर्नुपर्नेमा जोड दिए।






About Us
प्रतिक्रिया