क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा सीएनआईका अध्यक्ष पाण्डे सहभागी हुने


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डे सहभागी हुने भएका छन्। भोलि हुने क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन पाण्डे सहभागी हुने भएका हुन्। २०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डेले २०७५ देखि परिसंघको उपाध्यक्षका रुपमा कार्यरत थिए। २०८२ असारमा उनी सीएनआईको अध्यक्षमा नियुक्त भएका थिए।

काठमाडौंमा जन्मिएका उनी तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा सक्रिय छन्। सिभिल इन्जिनियरिङ, आवास, सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दक्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका प्रबन्ध निर्देशक हुन्। उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन्। डिस्कोर्श यही वर्ष २०८२ को माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

नेपालको पुँजी बजारबारे बृहत् छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा नेपाल क्यापिटल मार्केट डिस्कोर्श हुन लागेको छ। पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो।

क्यापिटल मार्केट डिस्कोर्श यही भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पहिलो सत्र ‘उत्पादन, नीति तथा नियमन: नेपालको पुँजी बजारको भविष्य’, दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार: सचेतना र साक्षरताको भूमिका’ तेस्रो सत्रमा ‘प्रविधि तथा नवप्रवर्तन: नेपालको पुँजी बजारको भविष्य’ नामक सत्र गत छलफल हुने छन्। 

यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्। डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरूको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।