साताको शेयरमा १३ अंकको गिरावट, कारोबार रकम ११ अर्ब बढी


काठमाडौं – यो साता समग्रमा बजार घटेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ अंकले घटेर बन्द भएको हो। यससँगै ११ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ। यस साता ४ दिन शेयर कारोबार हुँदा ३ दिन लगातार बजार बढेको छ भने १ दिन घटेको छ।

साताको पहिलो कारोबारको दिन बजार ४३.८९ अंकले घटेर बजार २५ सय १३ दशमलव ४२ को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, दोस्रो कारोबारको दिन नेप्से ९.२४ अंकले बढेर बजार २५ सय २२ दशमलव ६६ को बिन्दुमा बन्द भएको छ।

त्यस्तै, तेस्रो कारोबारको दिन नेप्से १५.४४ अंकले बढेर बजार २५ सय ३८ दशमलव ११ को बिन्दुमा बन्द भएको छ। त्यस्तै, बिहिबार नेप्से ४.६६ अंकले बढेर बजार २५ सय ४२ दशमलव ७७ अंकले बढेर बन्द भएको छ।

कुन दिन कति भयो कारोबार ?
सोमबारः ३ अर्ब ६१ करोड
मंगलबारः २ अर्ब ८८ करोड
बुधबारः २ अर्ब ९२ करोड
बिहिबारः ३ अर्ब ३९ करोड