काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले निष्कासन गरेको ‘‘१०.२५ प्रतिशत एस.बि.एल. डिबेन्चर २०८३’’ नामक ऋणपत्र यही भदौ महिनामा परिपक्व हुने भएको छ।
बैंकको ७ वर्ष अवधिको यो ऋणपत्र यही भदौ २५ गते पश्चात परिपक्व हुनेछ। प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्य रहेको यस ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ।
सिद्धार्थ बैंकको कुल २५ लाख कित्ता ऋणपत्र २०७६ भदौ २६ गतेका दिन बाँडफाँट भई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०७६ कार्तिक ५ गते सूचीकरण भएको थियो।






About Us
प्रतिक्रिया