नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज आबद्ध भएको छ । डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज आबद्ध भएको हो ।

डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज सञ्चालनरत एक इजाजतप्राप्त धितोपत्र दलाल कम्पनी हो । कम्पनीले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको शेयर तथा अन्य धितोपत्रको खरिदबिक्रीमा लगानीकर्तालाई आवश्यक सहजीकरण तथा दलाली सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले धितोपत्र बजारसम्बन्धी व्यवसाय सञ्चालन गर्दा कम्पनीले प्रचलित धितोपत्रसम्बन्धी कानुन, नियम, निर्देशिका तथा नियामक निकायबाट समयसमयमा जारी गरिएका निर्देशनहरूको पालना गर्दै आएको छ ।

नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित आयोजित डिस्कोर्शमा बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ। पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।

क्यापिटल मार्केट डिस्कोर्श यही भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।