काठमाडौं – रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा परिवारको राहत र पुनःस्थापनाका लागि क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले १० लाख रूपैयाँ सहयोग गरेको छ। कम्पनीले विपद्बाट प्रभावित समुदायलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दश लाख रुपैयाँ प्रदान गरेको जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित नागरिक तथा परिवारप्रति गहिरो संवेदना प्रकट गरेको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायको राहत, पुनःस्थापना तथा आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको कम्पनीको भनाइ छ।
पूँजी बजारको जिम्मेवार संस्थाका रूपमा व्यावसायिक भूमिकासँगै समुदाय तथा समाजप्रतिको सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भइरहेका सामूहिक प्रयासमा आफ्नो सहयोगले केही योगदान पुर्याउने कम्पनीको विश्वास छ।






About Us
प्रतिक्रिया