नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम २ अर्ब ९२ करोड


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.४४ अंकले बढेर बजार २५ सय ३८ दशमलव ११ को बिन्दुमा कायम भएको छ। त्यससँगै २ अर्ब ९४ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ७२ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ।

आज ३५४ कम्पनी कारोबारमा आउँदा १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी सानिमा मिडल टमोर हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, एनआएनको १२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबारको भएको छ।

आज सबैभन्दा बढी उपकार लघुवित्तका लगानीकर्ता कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ११.८७ प्रतिशतका दरले कमाएका हु्न्। त्यस्तै, माथिल्लो मैंलुङ खोलाका लगानीकर्ताले १०.२३ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा एनएमबि इनर्जी बोन्ड ४ प्रतिशत– २०९३/९४ का लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.८१ प्रतिशतका दरले गुमाएका हुन्।