उपकार लघुवित्त सहित ५ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ। नेप्सेमा ४.२४ अंकको सुधार देखिएपनि उपकार लघुवित्त, घोराही सिमेन्ट, सिवाईसी लघुवित्त, भगवति हाइड्रोपावर डेभलपमेन्ट र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयर मूल्यमा उच्च गिरावट आएको छ।

आज उपकार लघुवित्तका लगानीकर्ताले ८.८४ प्रतिशतका दरले गुमाएका छन्। घोराही सिमेन्टको ५.५३ प्रतिशत, सिवाईसी लघुवित्त ५.३९ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, भगवति हाइड्रोपावर डेभलपमेन्टको ५.५७ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ४.८५ प्रतिशतका दरले गुमाएका छन्।