नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा सिद्धार्थ क्यापिटल


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा सिद्धार्थ क्यापिटल आबद्ध भएको छ । भदौ २१ गते हुने डिस्कोर्शको ‘सपोर्टेड वाइ’ मा सिद्धार्थ क्यापिटल आबद्ध भएको हो ।

सिद्धार्थ क्यापिटलमा सिद्धार्थ बैंकको ५१ प्रतिशत स्वामित्व रहेको छ । कम्पनी नेपालमा म्युचुअल फन्ड व्यवस्थापन गर्ने सञ्चालन अनुमति प्राप्त गर्ने पहिलो कम्पनी को रूपमा ९ सेप्टेम्बर २०१२ मा इजाजतपत्र प्राप्त गरेको थियो। यो अनुमति म्युचुअल फन्ड नियमावली, २०१० लागू भएपछि पाएको थियो । कम्पनीको स्थापना २८ सेप्टेम्बर २०१२ मा भएको थियो। त्यसयता सिद्धार्थ क्यापिटलले नेपालमा म्युचुअल फन्ड उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

म्युचुअल फन्डको सफल सञ्चालनपछि सिद्धार्थ क्यापिटलले सन् २०१५ मा मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेको हो। हाल कम्पनीले कर्पोरेट एडभाइजरी सेवा, इश्यु म्यानेजमेन्ट, अन्डरराइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट सेवा, डिपोजिटरी पार्टिसिपेन्ट तथा शेयर रजिस्ट्रार लगायतका विभिन्न सेवा प्रदान गर्दै आएको छ।

नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।

क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।