लगातार सातौँ दिन पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

'सात दिनमा १६ हजार ६ सय रूपैयाँले घट्याे सुनकाे मूल्य'


काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। गत मंगलबारदेखि लगातार घटिरहेको सुनको मूल्य आज पनि घटेको हो। सोमबार प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य गत मंगलबार प्रतितोला ५ सय रुपैयाँ, बुधबार १ सय रुपैयाँ, बिहीबार १ हजार २ सय रुपैयाँ र शुक्रबार २ हजार ४ सय रुपैयाँले घटेको थियो। यस्तै, यस साताको आइतबार एकैदिन प्रतितोला ९ हजार ५ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार २ हजार ४ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो। मंगलबार थप ५ सय रुपैयाँ घटेको हो। यसरी हेर्दा गत मंगलबारदेखि आजसम्म सात दिनमा सुनको मूल्य प्रतितोला कुल १६ हजार ६ सय रुपैयाँले घटेको छ।