काठमाडौं – यो साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ६१.३९ अंकले घटेर बन्द भएको हो। यससँगै १५ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ। यस साता ४ दिन कारोबार हुँदा चारै दिन बजार लगातार घटेर बन्द भएको हो।
साताको पहिलो कारोबारको दिन बजार १९.१३ अंकले घटेर २५ सय ९९ को बिन्दुमा झरेको थियो। त्यस्तै, दोस्रो कारोबारको दिन नेप्से ५.३० अंकले घटेर बजार २५ सय ९४ दशमलव २७ को बिन्दुमा बन्द भएको छ।
त्यस्तै, तेस्रो कारोबारको दिन नेप्से ३५.९२ अंकले घटेर बजार २५ सय ५८ दशमलव ३५ को बिन्दुमा बन्द भएको छ। त्यसैगरी, बिहीबार १.०१ अंकले घटेर बजार २५ सय ५७ दशमव ३१ को बिन्दुमा झरेको छ।
कुन दिन कति भयो कारोबार ?
सोमबारः३ अर्ब २० करोड
मंगलबारः ४ अर्ब ८ करोड
बुधबारः ४ अर्ब ६९ करोड
बिहिबारः ३ अर्ब ७४ करोड






About Us
प्रतिक्रिया