काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन निर्देशन जारी गरेको छ। बोर्डले भदौ ९ गते एक सूचना जारी गर्दै धितोपत्र बजार र धितोपत्र कारोबारको नियमन तथा अनुगमन गर्ने उद्येश्यले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी), धितोपत्र दलाल, मर्चेन्ट बैंकर तथा सूचीकृत कम्पनीहरूलाई सम्बोधन गर्दै व्यापक निर्देशनहरू जारी गरेको हो।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै लगानीकर्ताको हित संरक्षण र बजारको आधुनिकिकरणका लागि बोर्डले छुट्टाछुट्टै निर्देशनहरू दिएको हो।
जसमध्ये बोर्डले नेप्सेलाई दिएको निर्देशनहरू निम्न छन्ः
- प्रत्येक ग्राहकको धितोपत्र कारोबारसँग सम्बन्धित हिसाब स्पष्ट देखिने गरी छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने व्यवस्था रहेकोमा बोर्डबाट निरीक्षणका क्रममा धितोपत्र दलाल व्यवसायीले सम्पूर्ण रकम एउटै बैंक खातामार्फत परिचालन गरेको देखिएकोले आगामी दिनमा धितोपत्र व्यवसायीको संचालन र धितोपत्र कारोबारको लागि जम्मा हुने रकम फरक फरक बैंक खाता प्रयोग गर्ने व्यवस्था मिलाउने।
- महिनाको कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने।
- धितोपत्र कारोबार सम्बन्धी ग्राहकको गुनासोहरू नेपाल सरकार लगायत विभिन्न निकायमा पेश हुने गरेकोमा सोलाई प्रभावकारी व्यवस्थापन तथा न्यूनीकरण गर्न प्रत्येक धितोपत्र दलाल व्यवसायीले लगानीकर्ता गुनासो समाधान इकाइ अनिवार्यरूपमा गठन गरी कार्य प्रक्रिया तोक्ने र गुनासो समाधान सम्बन्धी विवरण प्रत्येक महिना समाप्त भएको तीन कार्यदिन भित्र बोर्डमा पेश गर्ने।
- धितोपत्र कारोबारकोअवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने।
- नयाँ लगानीकर्ता तथा विद्यार्थीहरूलाई शेयर बजारको प्राविधिक अभ्यास गराउनका लागि सञ्चालनमा
- ल्याइएको आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्मलाई निरन्तर रूपमा प्रयोग हुने गरी रोकावट नहुने व्यवस्था मिलाउने।
- धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ को विनियम ७ बमोजिम आफ्टर मार्केट अर्डर (आईएमओ) प्रभावकारी रूपमा लागू गर्ने गराउने।
- धितोपत्रको दोस्रो बजार कारोबार मोबाइल एपमार्फत गर्ने आवश्यक व्यवस्था मिलाउने
- हाल सिडिएससिले संचालनमा ल्याएको सी–केवाईसी लाई धितोपत्र कारोबारका लागि खोलिने टीएमएस् खाता खोल्दा सो बमोजिम सी–केवाईसी गर्न सकिने व्यवस्था गर्न गराउने।
- नेप्से सूचकाङ्कलाई ‘अल इक्विटी’ को रूपमा कायम राखी फ्री–फ्लोट शेयरको आधारमा नयाँ सूचकाङ्क विकास गरी बेन्च मार्क सूचकाङ्कको रूपमा प्रयोग गर्ने व्यवस्थाका लागि तत्काल कार्य
- अगाडि बढाउन र बोर्डबाट आवश्यक सहजीकरण गर्नुपर्ने विषयहरू पेश गर्ने।
- फ्री–फ्लोट शेयरको आधारमा नयाँ सूचकाङ्क विकास गरी बेन्च मार्क सूचकाङ्कको रूपमा प्रयोग गरी सोको आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने।
- बोर्डको निर्देशन बमोजिम सुचारू गरी स्थगन गरिएको कारोवार सत्रको अन्तिम १५ मिनेटको कारोबारलाई आधार लिई नेप्से इन्डेक्स गणना गर्ने विधिलाई पून सुचारू गराउन सकिने÷ नसिकनेसम्बन्धमा र कारोबार समयको अन्तिममा हुने ‘मार्केट अडर’ को व्यवस्थापन सम्बन्धमा तथा सूचिकृत कम्पनीको दोस्रो बजारमा हुने कारोबारमा लागु भैरहेको दैनिक १५ प्रतिशतसम्म हुने घटरबढ सम्बन्धी सर्किट ब्रेकर सम्बन्धी व्यवस्था पूनरावलोकन अवश्यक रहे नरहेको सम्बन्धमा
- अध्ययन सुझाव सहित एकहप्ताभित्र बोर्डमा पेश गर्ने।
- सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा वर्गीकरण प्रकृयालाई वस्तुनिष्ठ बनाउने।
- पूँजी, प्रतिफल, तरलता लगायतका आधारमा लगानीयोग्य, अनुमानयोग्य ‘नेप्से इन्डेक्स’ विविधीकरण गर्दै नेप्से सूचकाङ्कलाई स्थापित अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन प्रचलित सूचकाङ्क गणना गर्ने संस्थासँग सहकार्य अगाडि बढाउने।
- हाल गणना भईरहेको सेन्सेटिभ सूचकलाई कानूनी तथा प्रक्रियागत व्यवस्था मिलाई पुनरावलोकन गर्ने।
- संगठित संस्थाको सूचीकरणपश्चात पहिलो कारोबार मूल्य निर्धारण सम्बन्धी व्यवस्थालाई वैज्ञानिक बनाउन अन्तर्राष्ट्रिय अभ्यास अनुरूप हुने व्यवस्था गर्ने।
- सूचीकृत भई लामो समयदेखि कारोबारमा सक्रिय नभएका सूचीकृत कम्पनीहरूको सम्बन्धमा कानूनी तथा प्रक्रियागत सुधारका विषयमा अध्ययन गरी सिफारिस गर्ने।
- महिनाको कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने।
- धितोपत्र कारोबारको ‘टी प्लस टु’ अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने।






About Us
प्रतिक्रिया