साताको अन्तिम कारोबारको दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब १६ करोड


काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन शुक्रबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.६७ अंकले घटेर बजार २६ सय १८ दशमलव ७२ को बिन्दुमा बन्द भएको छ।

आज कारोबार रकम सामान्य रकमले घटेर ४ अर्ब १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड २२ हजार कित्ता शेयर किनबेच भएको छ। आज ३४४ कम्पनी कारोबारमा आउँदा ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सोलु हाइड्रोपावरको २४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ता १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको १३.८६ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा धौलागिरि लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका हुन्।