काठमाडौं – नेपाली बजारमा यस साता सुनको मूल्यमा उतारचढाव देखिएयाे। आइतबार बढेको सुनको मूल्य सोमबार सामान्य घटेपनि मंगलबार पुनः उच्च दरले बढेको थियो। त्यसपछि बुधबार सुनको मूल्य घटेको थियो भने बिहीबार र शुक्रबार लगातार बढ्याे।
आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ५ सय रुपैयाँमा झरेको सुनको मूल्य मंगलबार ६ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको थियो।
बुधबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा झरेको थियो। बिहीबार भने सुनको मूल्य एकैदिन ९ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुग्याे। शुक्रबार पनि सुनको मूल्य ३ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भयाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ताेलामा ३३ सय रूपैयाँले घट्दै प्रतितोला सुन ३ लाख १६ हजार ७ सय रुपैयाँमा काराेबार भयाे। समग्रमा याे साता सुनको मूल्य प्रतितोला ११ हजार ५ सय रुपैयाँकाे वृद्धि देखियो।






About Us
प्रतिक्रिया