काठमाडौं – शेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले आफूले कमाएको एक एक रुपैयाँ शुद्ध रहेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले कमाएको वैध स्रोतबाट आय आर्जन गरिएको दाबी गरेका हुन् ।
हिजो मात्रै उनको बैंक खाता रोक्का गरिएको विषय बाहिरिएको थियो । उनको बैंक खाता रोक्का भए पनि आम्दानीको हरेक पैसाको प्रमाण पनि रहेको बताएका हुन् । ‘मैले कमाएको एक एक रुपैयाँ शुद्ध छ र वैध स्रोतबाट आय आर्जन गरिएको छ’ उनले लेखेका छन्,‘मसँग त हरेक रुपैयाँ कमाएको प्रमाण पनि छ ।’
उनले ८० लाख लगानीकर्ताहरूसँग बजारमा लगानी गरेको स्रोत खोजियो भने कति जनाले आफ्नो स्रोत देखाउन सक्छन् भन्दै प्रश्न समेत गरेका छन् ।






About Us
प्रतिक्रिया