घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

'सुनकाे मूल्य २७ सय र चाँदी १६० रूपैयाँ घट्याे'


काठमाडौं– नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको मूल्य यसदिन तोलामा दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार सात सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६० रूपैयाँ घटेको हो।