काठमाडौं – नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आवेदन दिएको छ। यस कम्पनीले गत साउन २९ गते २४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्ड समक्ष आवेदन दिएको हो।
लगानी क्षेत्रतर्फको यस कम्पनीले २४ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डसमक्ष आवेदन दिएको हो। यस कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।






About Us
प्रतिक्रिया