मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै


काठमाडौं – मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाख ६३ हजार १५३ कित्ता शेयरको लकइन सकिने भएको छ। कम्पनीको संस्थापक शेयरधनीतर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १७ हजार २१३ कित्ता शेयरको लकइन अवधि आउँदो असोज १० गतेबाट सकिन लागेको हो।

कम्पनीले आईपीओ निष्काशन गरी (२०८० असोज १० गते) सर्वसाधारणलाई बाँडफाँट गरेको दिनदेखि संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम उक्त शेयरहरू लकइनमा रहेका थियो।