काठमाडौं – नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि इन्द्रेणी मसरुम फार्म आवेदन दिएको छ। यस कम्पनीले गत साउन महिना भित्रै ८ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्ड समक्ष आवेदन दिएको हो।
उत्पादन तथा प्रशोधन क्षेत्र तर्फको यस कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डसमक्ष आवेदन पेश गरेको हो।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ।






About Us
प्रतिक्रिया