मध्यपुर अस्पतालको २८ करोड रुपैयाँको आईपीओ सेबोनको पाइपलाइनमा


काठमाडौं – नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि मध्यपुर अस्पताल आवेदन दिएको छ। यस कम्पनीले गत साउन २२ गते २८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्ड समक्ष आवेदन दिएको हो।

कम्पनीले २८ करोड बराबरको १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख कित्ता आईपीओ निष्कासनका लागि गत साउनमा आवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले रहेकाे छ।