साताको पहिलो कारोबारको दिन नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ५ अर्ब बढी


काठमाडौं – आज साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.२५ अंकले घटेर बजार २६ सय ४१ दशमलव ५८ को बिन्दुमा बन्द भएको हो।

आज ५ अर्ब ५२ करोड रुपैयाँको शेयर कारोबार भएको छ, भने १ करोड १९ लाख कित्ता शेयर किनबेच भएको छ। आज ३५० कम्पनी कारोबारमा आउँदा ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेरसँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १ अर्ब ६८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, सोलु हाइड्रोपावरको ३८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, माउन्ट एभरेष्ट पावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा फस्र्ट माइक्रो फाइनान्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.६३ प्रतिशतका दरले गुमाएका हुन्।