काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा तीन हजार ६ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ७० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो।







About Us
प्रतिक्रिया