यी हुन् सेबोनले औल्याएको प्राथमिक पूँजी बजारका प्रमुख १० चुनौती


काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजार विभिन्न चुनौती रहेको उल्लेख गरेको छ । बोर्डले प्राथमिक पुजी बजार सुधार नीति , २०८३ सार्वजनिक गर्दै हालको प्राथमिक पूँजी बजारमा देखिएको प्रमुख चुनौतीहरुको चर्चा गरेको छ ।

बोर्डले प्राथमिक पुँजी बजारको विकास र सुधारका क्रममा देखिएका प्रमुख चुनौतीहरूलाई उल्लेख गरेको हो। बोर्डकाअनुसार प्राथमिक पुँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र प्रभावकारी बनाउन नीतिगत तथा संरचनागत सुधार आवश्यक छ।

यस्तो छ सेबोनले औँल्याएका १० प्रमुख चुनौती :

१. सार्वजनिक निष्काशनका लागि एकीकृत तथा आधुनिक नीतिगत ढाँचाको विकास ।
२. निष्पक्ष, पारदर्शी तथा बजारमा आधारित मूल्य निर्धारण प्रणालीको सीमित विकास ।
३. बुक बिल्डिङ्ग प्रणालीको सीमित प्रयोग तथा सुधारको आवश्यकता ।
४. योग्य संस्थागत लगानीकर्ता तथा एड्डर लगानीकर्ता सम्बन्धी स्पष्ट नीतिगत व्यवस्था गर्ने ।
५. निष्काशन तथा बिक्री प्रबन्धकहरूको उत्तरदायित्व, व्यवसायिक मापदण्ड तथा दायित्व स्पष्ट रूपमा परिभाषित गर्ने ।
६. कम्पनीहरूको सूचना प्रवाह, जोखिम सम्बन्धी जानकारी तथा संस्थागत सुशासनमा गुणस्तरीय सुधार आवश्यक भएको ।
७. सार्वजनिक निष्काशनपश्चात् प्राप्त रकमको उपयोग अनुगमन प्रणाली पर्याप्त प्रभावकारी नहुनु ।
८. डिजिटल निष्काशन प्रक्रिया पूर्ण रूपमा एकीकृत तथा स्वचालित नभएको अवस्था ।
९. विभिन्न नियामक निकाय तथा बजार पूर्वाधार संस्थाबीच सूचना आदान प्रदान तथा समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता ।
१०. नियामकीय सुपरिवेक्षण, तथ्याङ्क विश्लेषण तथा जोखिममा आधारित अनुगमन प्रणालीलाई थप आधुनिकीकरण गर्नुपर्ने आवश्यकता ।