आईपीओ निष्काशन गर्दै धनुषा डिष्टिलरी


काठमाडौं – धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो।

मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कम्पनीले भविष्यमा जारी हुने कुल पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ।

सन् १९९८ मा स्थापना भएको कम्पनीले हाल ‘मुस्ताङ गोल्ड ह्विस्की’ र ‘मुस्ताङ भोड्का’ उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ।