काठमाडौं – गरिमा क्यापिटल लिमिटेडले गरिमा समृद्धि योजना (जीएसवाई) को योजना व्यवस्थापनको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक सुवेदी नियुक्त भएका छन्।
कम्पनी साउन २७ गते बसेको सञ्चालक समितिको ९४ औँ बैठकले कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृतमा कार्यरत सुवेदीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईसँग भएको सेवा सम्झौता साउन मसान्तमा समाप्त हुने भएकाले दुबै पक्षको आपसी सहमतिमा उक्त सेवा सम्झौता थप नवीकरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ।








About Us
प्रतिक्रिया