सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?


काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ। बुधबार तोलामा एक हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ। बुधबार तोलामा चार हजार सात सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।