त्रिशक्ति सेक्युरिटिजले सुरु गर्याे मार्जिन लाेन


काठमाडौं – त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४८) ले आफ्ना योग्य ग्राहकहरूका लागि मार्जिन कारोबार सुविधा सुरू गरेकाे छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त स्टक ब्रोकर कम्पनी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ तथा नियामकीय व्यवस्था बमोजिम कम्पनीले यो सेवा सुरु गरेको हो।

यस सुविधा अन्तर्गत धितोपत्र बोर्ड र कम्पनीले तय गरेको तोकिएको मापदण्ड तथा शर्तहरू पूरा गर्ने योग्य लगानीकर्ताहरूले स्वीकृत सीमाभित्र रही मार्जिन कारोबार गर्न पाउनेछन्।

कम्पनीका अनुसार यो सुविधा प्राप्त गर्नका लागि लगानीकर्ताहरूले तोकिएको मापदण्ड र सर्तहरू पूरा गर्नुपर्नेछ। कम्पनीका अनुसार यो सेवा कम्पनीको मुख्य कार्यालय काठमाडौँका साथै पोखरा, महेन्द्रनगर, धनगढी, हेटौँडा, बुटवल, बनेपा, ललितपुर र भक्तपुर शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ।