मर्जर सम्झौताकै दिन महिला लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट


काठमाडौं – आज महिला लघुवित्त वित्तिय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ। आज यस कम्पनीको शेयर मूल्य १४.९१ प्रतिशतले घटेर १३ सय ७० को बिन्दुमा झरेको हो।

आज फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएकै दिन यस कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३४० कम्पनी कारोबारमा आउँदा १२२ कम्पनीको शेयर मूल्य घट्दा आज यस कम्पनीको शेयरमूल्य भने उच्च अंकले घटेको हो। यससँगै आज फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य समेत ०.७७ प्रतिशतले घटेर बन्द भएको छ।