काठमाडौं – यो साता आइतबार प्रतितोला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भयो। आइतबार घटेको सुनको मूल्य सोमबार ८ सय रुपैयाँले बढ्दै २ लाख ८४ हजार रुपैयाँमा पुग्यो।
यस्तै, मंगलबार सुनको मूल्य २ सय रुपैयाँले घट्दै २ लाख ८३ हजार ८ सय रुपैयाँमा किनबेच भयो। बुधबार ४ हजार २ सय रुपैयाँले बढ्दै दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भयो। बुधबार बढेको सुनको मूल्य बिहीबार पनि तोलामा ८ हजार रुपैयाँले बढ्दै २ लाख ९६ हजार रुपैयाँ पुग्यो।
बुधबार र बिहीबार बढेको सुनको मूल्य शुक्रबार पनि बढ्यो। शुक्रबार नौ सय रुपैयाँले बढ्दै २ ९६ हजार ९ सय रुपैयाँमा कारोबार भयो। समग्रमा यो साता सुनको मूल्यमा १३ हजार ७ सय रुपैयाँको वृद्धि देखिएको छ।







About Us
प्रतिक्रिया