दुई दिनमा प्रतितोला १२ हजार २ सय रूपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ। बुधबार तोलामा चार हजार दुई सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला आठ हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार पाँच सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँ बढेको हो।