एकैदिन तोलामा ४२ सय रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला चार हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा चार हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँ बढेको हो।