सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ काराेबार?


काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ। सोमबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।