काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा १६ सय रुपैयाँको वृद्धि देखियो। मूल्य बढेसँगै त्यसदिन प्रतितोला सुन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढेको सुनको मूल्य सोमबार पनि १४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ पुग्यो।
यस्तै, आइतबार र सोमबार दुवै दिन बढेको सुनको मूल्य मंगलबार एकैदिन ४ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ८४ हजार २ सय रुपैयाँमा ओर्लियो। मंगलबार घटेको सुनको मूल्य बुधबार पनि तोलामा १ हजार रुपैयाँले घट्दै २ लाख ८३ हजार २ सय रुपैयाँमा किनबेच भयो।
बुधबार घटेको सुनको मूल्य बिहीबार प्रतितोला ८सय रुपैयाँले बढ्दै २ लाख ८४ हजार रुपैयाँमा कारोबार भयो। यस्तै, बिहीबार बढेको सुनको मूल्य शुक्रबार पनि १ हजार रुपैयाँले बढ्दै प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भयो। योसँगै समग्रमा यो साता सुनको मूल्यमा २ हजार १ सय रुपैयाँको गिरावट देखियो।







About Us
प्रतिक्रिया