काठमाडौं – नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र जारी गर्ने घोषणा गरेको छ। बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले सार्वजनिक निष्कासन प्रक्रियालाई प्रक्रियामा सुधार गर्नुपर्ने विषयहरूलाई समेट्दै प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र सार्वजनिक गर्ने तयारी भइरहेको सरोकारवालाहरूलाई जानकारी गराएका हुन्।
अध्यक्ष भट्टले नेपालको प्राथमिक पुँजी बजार लाई थप व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउन बोर्डले आवश्यक नीतिगततथा नियामकीय सुधारलाई निरन्तर अघि बढाइरहेको बताए।
साथै, बोर्डले सार्वजनिक निष्कासन प्रक्रियामा सुधार गर्नुपर्ने विषयहरूलाई समेट्दै प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र समेत सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी गराए। उक्त श्वेतपत्रले सार्वजनिक निष्कासन प्रक्रियालाई थप व्यवस्थित बनाई लगानीकर्ताको हित संरक्षण, सुशासन प्रवर्द्धन तथा पुँजी बजारप्रति जनविश्वास अभिवृद्धि गर्दै प्राथमिक बजारको गुणस्तरीय रूपान्तरण बोर्डको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे।
उनले धितोपत्रको प्राथमिक बजारमा मर्चेन्ट बैंकरहरुको अहम् भूमिका हुने हुनाले यी संस्थाहरू बजार प्रति जिम्मेवार भई लगानीको हकहित संरक्षण गर्ने कार्य प्रति अग्रसर हुनुपर्ने बताए। यसैगरी उनले सार्वजनिक निष्कासन गर्ने कम्पनीहरूको वित्तीय स्वास्थ्य तथा संस्थागत सुशासन थप सुदृढ हुने विश्वास व्यक्त गरे।
साथै, बोर्ड सदस्य तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले उक्त मापदण्डमा भएका व्यवस्था सम्बन्धमा विस्तृत प्रस्तुति दिदैँ उक्त मापदण्ड जारी गर्नुको उद्देश्य, यसको कार्यान्वयन प्रक्रिया तथा सार्वजनिक निष्कासन प्रक्रियामा यसको उपयोगिताबारे जानकारी गराएका थिए। उनले सार्वजनिक निष्कासनका लागि पेस गरिने वित्तीय विवरणहरूको गुणस्तर, विश्वसनीयता तथा वित्तीय सुशासन अभिवृद्धि गर्न उक्त मापदण्ड महत्त्वपूर्ण आधार हुने उल्लेख गरे। कार्यक्रममा उठेका जिज्ञासाको जवाफ बोर्ड सदस्यले दिएका थिए।







About Us
प्रतिक्रिया