सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौं – सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा १ हजारले घटेको हो । 

यससँगै, सुन प्रतितोला २ लाख ८३ हजार २ सयमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ८४ हजार २०० मा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकारअनुसार आज चाँदी ४ हजार ३२० कायम भएको छ ।