सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौं  – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ४८० निर्धारण भएको छ । हिजो प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४हजार ३७० निर्धारण भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।