काठमाडौं उपत्यकाबाट असार महिनामा उठ्यो ९ करोड ४८ लाख जरिवाना 


काठमाडौं – काठमाडौं उपत्यकाबाट असार महिनामा प्रहरीले ९ करोड ४८ लाख जरिवाना उठाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार, असारमा अदालतको फैसला कार्यान्वयनमा ५३७ जना पक्राउ परेका छन् । जसको जरिवाना रकम ४ करोड ३९ लाख ८७ हजार पुगेको छ । 

साथै, यस महिनामा काठमाडौं उपत्यकामा ट्राफिक कारबाहीमा ५८ हजार ७३६ जना परेका छन् । ट्राफिक कारबाहीमा परेकाहरूबाट असार महिनामा ५ करोड ९ लाख ८२ हजार जरिवाना उठेको छ । 

असार महिनामा उपत्यकामा १ हजार ४८८ वटा मुद्दा दर्ता भएका छन् । जसमा १  हजार ३७३ जना अभियुक्तहरू पक्राउ परेका छन् ।