शेयर बजारमा ७.२५ अंकको वृद्धि, कारोबार रकम ६ अर्ब बढी


काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२५ अंकले बढेर बजार २७ सय २६ दशमलव ४९ को विन्दुमा बन्द भएको छ। आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै १२ शेयर मूल्य भने स्थिर देखिएको छ।

आज दिनभरिमा कारोबारमा आएका ३४३ कम्पनीको १ करोड ४९ लाख कित्ता शेयर किनबेच भएको छ भने ६ अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी रिडि पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युतको ३१ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, कालंगा हाइड्रोको लगानीकर्ताले ७.५० प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी ७ प्रतिशत नबिल डिबेन्चर २०८९ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.४४ प्रतिशतका दरले गुमाएका हुन्।