प्रधानमन्त्री पुँजी बजारले रोजगारी सिर्जना गर्न सक्छ भन्नेमा प्रस्ट छन्  : अम्बिका पौडेल


काठमाडौं – शेयर लगानीकर्ता अम्बिका पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पुँजी बजारले रोजगारी सिर्जना गर्न सक्ने र राजस्व सिर्जना गर्न सक्छ भन्नेमा प्रस्ट रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको भेटपछि प्रतिक्रिया दिँदै सरकारले पुँजी बजारका लागि विकासका लागि छिटो काम गर्ने विश्वास व्यक्त गरेका हुन् । 

खास गरी राष्ट्र बैंकले पुँजी बजारको विकास र विस्तारको लागि गर्नुपर्ने नीतिगत व्यवस्था, नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने नीतिगत व्यवस्था र नेपाल स्टक एक्सचेन्ज नेप्सेले गर्नुपर्ने कार्यहरूको विषयमा छलफल भएको हो। प्रधानमन्त्री शाहले सुनेर पुँजी बजारको विकास र विस्तारका साथै लगानीकर्तामा विश्वास बढाउनका लागि पनि प्रधानमन्त्री कार्यालय यसैमा काम गरिरहेको बताए । 

प्रधानमन्त्रीले लगानीकर्ताका लागि काम गर्दै रहेको विश्वास दिलाएको उनको भनाई छ। ‘प्रधानमन्त्रीले हामीले राखेका विषयहरू गहन रुपमा सुन्नुभयो । पुँजी बजारलाई पुँजी परिचालन गर्ने प्रमुख क्षेत्र हो र पुँजी बजार मार्फत रोजगारी पनि सिर्जना गर्न सकिने बताउनुभएको छ।’