काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको रुपैयाँ चार हजार २४० निर्धारण भएको छ।
गत शुक्रबार एक तोला सुन दुई लाख ८२ हजार १०० रुपैयाँ र चाँदी चार हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







About Us
प्रतिक्रिया