महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं– महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समुहको शेयर बिक्रीमा राखेको हो। बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्था कै विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ।

सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।