काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतबीच सम्झौता भएको छ। बैंकको तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता–पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेश अस्पतालका कर्मचारीहरूका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्नुका साथै सहुलियत दरमा अन्य बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराउनेछ।
राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरू मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाइल बैंकिङ्ग लगायतका आधुनिक डिजिटल बैंकिङ्ग सेवाहरू उपलब्ध गराइरहेको छ।






About Us
प्रतिक्रिया