दुई दिनमा प्रतितोला ४ हजार रूपैयाँ घट्यो सुनको मूल्य, ताेलाकाे कति ?


काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्य घटेको छ। सोमबार तोलामा दुई हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।