काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ।
महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।
यसका लागि बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ। यस प्रणालीले परम्परागत बैंकिङ्ग अभ्यास जस्तै धितोलाई मात्र प्रमुख आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता लगायतका पक्षहरूको समग्र विश्लेषण गर्दछ।
यस व्यवस्थाले धितो अभावकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्ने बैंकले विश्वास लिएको छ। यस कर्जाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया