काठामाडौं – वाणिज्य बैंकहरुले ११ महिनामा ६४ अर्बबढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा अर्थात् जेठसम्म ६४ अर्ब ५६ करोड ३६ लाख नाफा कमाएका हुन् । जुन गत आर्थिक वर्षको तुलनामा १० अर्ब बढी हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको सोही अवधिमा ५३ अर्ब ९७ करोड नाफा आर्जन गरेका थिए ।
जेठसम्ममा सबैभन्दा बढी नाफा कमाउनेको पहिलो नम्बरमा नबिल बैंक रहेको छ । नबिलले जेठसम्म ८ अर्ब ४९ करोड नाफा आर्जन गरेको छ । यस्तै, बढी नाफा कमाउनेको दोस्रोमा रहेको ग्लोबल आईएमई बैंकले यही अवधिसम्ममा ५ अर्ब ९७ करोड नाफा कमाएको छ ।
यस्तै, जेठसम्ममा कुमारी बैंक ४ अर्ब ७० करोड ६९ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ४९ करोड ११ लाख, एभरेष्ट बैंकले ४ अर्ब १२ करोड ३४ लाख नाफा कमाएका छन् । साथै, प्राइम कमर्सियलले ३ अर्ब ७४ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७२ करोड , एनएमबि बैंकले ३ अर्ब ६३ करोड, नेपाल बैंकले ३ अर्ब ३२ करोड नाफा कमाउँदा सानिमा बैंकले ३ अर्ब १२ करोड नाफा आर्जन गरेको छ ।
यसैगरी, जेठसम्ममा लक्ष्मी सनराइज बैंकले २ अर्ब ८९ करोड, सिद्धार्थ बैंकले २ अर्ब ८० करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक २ अर्ब ६२ करोड, माछापुच्छ्रे बैंकले २ अर्ब १७ करोड र कृषि विकास बैंकले १ अर्ब ९५ करोड नाफा आर्जन गरेको छ । साथै, नेपाल एसबीआई बैंकले १ अर्ब ८३ करोड, सिटिजन्स बैंकले १ अर्ब ७४ करोड, प्रभु बैंकले १ अर्ब ५० करोड र हिमालयन बैंकले १ अर्ब १६ करोड नाफा आर्जन गरेको छ ।
समिक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले जेठसम्ममा ५० करोड नाफा आर्जन गरेको छ ।






About Us
प्रतिक्रिया