काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २६.२९ अंकले घटेर बजार २६ सय २७ दशमलव ११ को विन्दुमा कायम भएको छ।
आज ३५६ कम्पनी कारोबारमा आउँदा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने, २३९ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै, ४ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज दिनभरिमा ७५ लाख ४० हजार ४१८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५५ करोड माथिको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै ८ प्रतिशत नेपाल इन्भेष्टर बैंक डिबेन्चर २०८४ को शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै सेन्टरल फाइनान्सको १५ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै स्नो रिर्भस र सानिगाड हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज सबैभन्दा बढी गुमाउनेमा थ्रि स्टार हाइड्रो पावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.७९ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया