दोस्रो दिन पनि शेयर बजारमा हरियाली, नेप्से ८.७८ अंकले बढ्दा ४ अर्ब बढीको कारोबार

५ उपसूचकमा सुधार


काठमाडौं – आज शेयर बजार बढेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ८ दशमलव ७८ अंकले बढेर २,६६१ को विन्दुमा कायम भएको छ। आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड माथिको शेयर कारोबार भएको छ। हिजोको तुलनामा आज भने कारोबार रकम बढेको छ। आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एनआइसी एशिया डिबेञ्चरको ४० करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। रिलायन्स स्पीनिङ मिल्सको २५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रो र कालांगा हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। स्नो रिभर्सका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन्। आज यसका इकाईधनीले १० दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन्। यसदिन ५ उपसूचकमा मात्रै सुधार देखिएको छ। आज वाणिज्य बैंक समूहको सर्वाधिक २.०४ प्रतिशतले बढेको छ। अन्य ८ उपसूचक भने घटेको छ।